

मुम्बई – साउथ इन्डियन फिल्मका सुपरस्टार रजनीकान्तको फिल्म ‘काला’ ले रिलिजअघि नै २३० करोड कमाएको छ । एक समाचारका अनुसार फिल्मले २३० करोड कमाएको हो । यो फिल्मले २८० करोड कमायो भने फिल्म बल्कबस्टर हुनेछ ।
रिपोर्टका अनुसार यो फिल्मले तमिल नाडुमा मात्र करीब ७० करोड कमाएको छ । साथै फिल्मले भारतका विभिन्न स्टेट र अन्तर्राष्ट्रिय राइट्स समेत बेचेर यति रकम कमाइसकेको बताइएको छ ।
तर, यो फिल्मलाई लिएर विवाद भएको छ । एक भारतीय नागरिकले फिल्ममा आफ्ना बाबुको चरित्रलाई लिएर फिल्ममा गलत देखाइएको भन्दै मुद्दा हालेका थिए । जसले गर्दा फिल्मको रिलिज डेट अझै स्योर भएको छैन । यो फिल्म ७ जुनमा रिलिज हुने भनिएको थियो ।
मंगलवार मद्रासको हाई कोर्टले राज्य सरकारलाई फिल्मको रिलिजका लागि सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । तर जल विवादमा रजनीकान्तले विवादास्पद अभिव्यक्ति दिएपछि कर्नाटक राज्यमा केही संगठनले उनको फिल्मको प्रदर्शनमा रोक लगाएका छन् ।
उनीहरुले फिल्म चले हलमा तोडफोड गरिदिने धम्की दिएका छन् ।
तपाईंको प्रतिक्रिया