‘मेरी मामु’ को शूभ मुहूर्तसँगै रिलिज मिति घोषणा − Kalakarita
‘मेरी मामु’ को शूभ मुहूर्तसँगै रिलिज मिति घोषणा

सोमबार, असार ४, २०७५, ०९ : ३३कलाकारिता

काठमाडौं, ४ असार – प्रेमगीत, प्रेमगीत २ लगायतका चलचित्र निर्माण गरेका निर्माता सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र ‘मेरी मामु’ को शूभ मुहूर्त गरिएको छ । यो फिल्ममा ६ वर्षीय एक बालकको कथा र उसको मनोविज्ञान समेटिएको छ ।

यसअघि फिल्म ‘राज्जा रानी’ निर्देशन गरेका निर्देशक यम थापाले यो फिल्मको कथा लेखेका हुन् भने उनी आफैले निर्देशन पनि गर्दैछन् । फिल्ममा मुख्य भूमिकामा सन्तोष सेनका छोरा अयुव सेन हुनेछन् ।

आउँदो भदौ १५ गते रिलिज गर्ने गरी छायांकन थालिएको फिल्ममा ‘प्रेमगीत २’ की नायिका अश्लेषा ठकुरी सारुक ताम्राकार, कुसुम गुरुङ, दुर्गा मल्ला, भुवन चन्द लगायतका कलाकारले अभिनय रहनेछ भने यही फिल्मबाट लण्डन बस्ने कुसुम गुरुङ नेपाली फिल्ममा डेब्यु गर्दैछिन् ।
सन्तोषले प्रेमगीत २ मा पनि नयाँ नायिकालाई डेब्यु गराएका थिए ।

चलचित्रमा कल्याण सिंहको संगीत रहनेछ भने पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् । साथै यो चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभिनय रहने बताइएको छ । जुन कुकुरलाई फिल्मकै लागि भनेर थाइल्याण्डबाट नेपाल झिकाइएको हो ।

फिल्ममा एलिस कार्कीको पार्श्र्वध्वनि, बनिष कार्की र भपुेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

तस्वीरः सन्तोष सेनको फेसबूकबाट


तपाईंको प्रतिक्रिया