साम्राज्ञी, नाजिर र आकाशको ‘तिमी सँग’ ट्रेलर रिलिज − Kalakarita
साम्राज्ञी, नाजिर र आकाशको ‘तिमी सँग’ ट्रेलर रिलिज

आइतबार, फागुन २७, २०७४, ०७ : ३३कलाकारिता

काठमाडौं, २७ फागुन – यही चैत २३ गतेदेखि रिलिज हुन लागेको चलचित्र ‘तिमी सँग’ को ट्रेलर सार्वजनिक भएको छ ।

साम्राज्ञी शाह, नाजिर हुसेन र आकाश श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको चलचित्रमा हिमाली भेगमा रोचक दृश्य देख्न सकिन्छ । एक यात्रामा निस्केका तीन पात्रबीचको कथा उनिएको चलचित्रमा शिशिर रानाको कथा, लगानी र निर्देशन गरेको छ । त्यस्तै चलचित्रको स्किृप्ट शिशिर राना, साकार ओझा, समुद्र उप्रेती, सुशील क्षेत्रीले लेखेका छन् ।


तपाईंको प्रतिक्रिया