फ्राइडे रिलिजः साम्राज्ञी र नाजिरको ‘तिमी सँग’ रिलिज − Kalakarita
फ्राइडे रिलिजः साम्राज्ञी र नाजिरको ‘तिमी सँग’ रिलिज

शुक्रबार, चैत्र २३, २०७४, ०९ : ३४कलाकारिता

काठमाडौं, २३ चैत – हलमा हप्तैपिच्छे फिल्म जुधिरहेका बेला चलचित्र ‘तिमी सँग’ ले सोलो रिलिजको मौका पाएको छ । साम्राज्ञी शाह, नाजिर हुसेन र आकाश खड्काको मुख्य भूमिका रहेको फिल्म नेपालभर एकसाथ रिलिज भएको छ ।

काठमाडौंका विभिन्न हलमा तिमी सँग रिलिज भएको छ । क्युएफएक्स, बिग मुभिज, सिडिसी, बीएसआर, एफक्युब लगायतका मल्टिप्लेक्स हलमा चलचित्र रिलिज भएको छ ।

नेपालभर सिंगल थिएटरमा पनि फिल्म प्रदर्शन भइरहेको छ । यसअघि साम्राज्ञी अभिनित फिल्म सफलता हासिल गरेका छन् । यो फिल्ममा बेलायतबाट नेपाल घुम्न आएकी एक युवतीको भूमिकामा देखिएकी छिन् साम्राज्ञी । साथै नाजिर हुसेन र आकाश श्रेष्ठ पनि सोही यात्रामा जोडिएका हुन्छन् ।

सोलो रिलिजमा उत्रेपनि फिल्म ‘तिमी सँग’ ले हिन्दी चलचित्र ‘ब्ल्याकमेल’ र नेपाली चलचित्र ‘शत्रु गते’ का कारणले केही प्रभावित हुने देखिन्छ ।
यदि फिल्मले अबको दुई दिन दर्शकको राम्रो प्रतिक्रिया पाउन सक्यो व्यापार लम्बिनेछ । किनकि, दर्शक हलसम्म तान्न निर्माण टिमले एक चरणको फिल्म प्रचार गरिसकेको छ ।


तपाईंको प्रतिक्रिया