![](http://kalakarita.com/wp-content/uploads/2021/12/kalakarita-new-logo-FINAL-150x150.png)
![](https://kalakarita.com/wp-content/uploads/2018/08/aryan-samragee-couple.jpg)
काठमाडौं । आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘कायरा’ ले पहिलो हप्ता १ करोड ५५ लाखको व्यापार गरेको छ । नेपालभर रिलिज भएको यो फिल्मले रिलिजको पहिलो दिन ५५ लाखको कलेक्सन गरेको थियो ।
वितरक सुनील मानन्धरले जनाएअनुसार ‘कायरा’ ले दोस्रो दिन ६० लाख बराबरको कारोबार गरेको थियो । उनका अनुसार फिल्मले शुक्रवार आएर ८ लाखको व्यापार गरेको छ ।
लक्ष्मण रिजालको निर्माण तथा निर्देशन रहेको यो फिल्ममा आर्यन र साम्राज्ञीको केमेष्ट्रीलाई मन पराए पनि फिल्मको कथा भने मन नपराएको गुनासो गरे ।
चलचित्रको कथा आर्यन सिग्देलको हो भने स्किृप्ट केदार भुसालले लेखेका हुन् ।
तपाईंको प्रतिक्रिया