पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन हुने − Kalakarita
पोखरामा नाटक ‘बितेका कुरा’ मञ्चन हुने

आइतबार, वैशाख २३, २०७५, ०९ : ३५कलाकारिता

पोखरा २३ वैशाख – रुपनारायण सिंहले लेखेको कथा ‘बितेका कुरा’ मा आधारित नाटक पोखरा थिएटरमा मञ्चन हुने भएको छ । यो नाटकलाई परिवर्तन कार्कीले निर्देशन गर्दैछन् ।

पुराना रंगकर्मी तथा चर्चित गजलकार प्रकट पंगेनी पनि यी नाटकका माध्यमबाट कमब्याक गर्दैछन् । नाटकमा दिलप्रसाद गुरुङ, रमेश तिमिल्सिना, प्र्रसुना भण्डारी, सूर्य सुवेदी, शरद भण्डारी लगायतका कलाकारको पनि प्रस्तुति रहनेछ ।

यतिबेला रिहर्सल भइरहेको यो नाटकका परिकल्पनाकार निर्देशक परिवर्तन हुन् । नाटक जेठ ३ गतेदेखि १९ गतेसम्म नियमित रुपमा मञ्चन हुनेछ । झण्डै डेढ घण्टा लामो नाटक शनिवार भने दुई शो देखाइनेछ ।


तपाईंको प्रतिक्रिया