सोनमको बिहेमा नआउने भइन् करीना कपूर − Kalakarita
सोनमको बिहेमा नआउने भइन् करीना कपूर

शुक्रबार, वैशाख २१, २०७५, ०८ : ३५कलाकारिता

मुम्बई – बलिउड अभिनेत्री सोनम कपूर र करीना कपूरको सम्बन्ध सुमधुर छ । दुवैले एकअर्काका लागि आफ्नो प्रेम प्रदर्शन गर्छन् । तर करिना ८ मे मा हुन लागेको सोनमको बिहेमा भने नजाने भएकी छिन् ।

एक भारतीय समाचार साइट पिंकविलाका अनुसार करीना केवल रिसेप्सनमा सहभागी हुनेछिन् । तर, के कारणले उनी बिहेमा आउने छैनिन् भन्ने बारेमा अझै केही जानकारी दिइएको छैन ।

समाचारका अनुसार करीना रिसेप्सनमा फराज मनन या मनीष मल्होत्रासँग देखिनेछिन् । सोनमको बिहे आफ्नी आन्टी कविता सिंहको बंगलामा हुनेछ । बिहेको समय बिहान ११ बजेदेखि १२ः३० बजेसम्म छ ।

रिसेप्सन भने मे ९ मा मुम्बईमा हुनेछ । संगीतका लागि करण जोहर र फराह खान एकदमै इच्छुक देखिएका छन् । फराहले संगीतमा कोरियोग्राफी पनि गरेका छन् ।

सोनम र करिनाको फिल्म ‘वीरे दी वेडिङ’ १ जुनमा रिलिज हुँदैछ ।


तपाईंको प्रतिक्रिया