प्रियंका र अनुभवको ‘मनकी उजेली’ (भिडियो) − Kalakarita
प्रियंका र अनुभवको ‘मनकी उजेली’ (भिडियो)

शुक्रबार, भाद्र १५, २०७५, ०९ : ३५कलाकारिता

काठमाडौं, १५ भदौ – चलचित्र ‘नाइँ नभन्नु ल’ सेरिज मार्फत आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित गीत ‘मनकी उजेली’ सार्वजनिक भएको छ ।

पछिल्लो रिलिज फिल्म ‘नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् ।

भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि फिचर्ड छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् ।

म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

नारायण भण्डारी ‘जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ ।

सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

जिन्दगी रक्स र फाटेको जुत्ताको समेत निर्देशन गरिसकेका निकेश पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा अगाडी आउने नाम मध्यका एक हुन् ।


तपाईंको प्रतिक्रिया