६ तस्वीरमा हेर्नुहोस् ‘जय भोले’ का खगेन्द्रलाई − Kalakarita
६ तस्वीरमा हेर्नुहोस् ‘जय भोले’ का खगेन्द्रलाई

मंगलबार, असोज ३०, २०७५, ०८ : ३५कलाकारिता

काठमाडौं, ३० असोज – अभिनेता खगेन्द्र लामिछाने फिल्मका कारण चर्चामा रहने अभिनेता हुन् । नेपालमा कैयन् अभिनेता गसिपका कारण चर्चामा रहन्छन् । तर, खगेन्द्र चाहिँ अरु कुरामा भन्दा काममा नै बढी फोकस छन् । केही हप्ताअघि चलचित्र ‘जय भोले’ को प्रचारका क्रममा भेटिएका खगेन्द्रले यो सिनेमामा आफूले फरक भूमिकामा काम गरेको बताए ।

उनले यो फिल्ममा आफूले उत्तिकै जोखिम उठाएको बताए । ‘मैले गर्दै नगरेको फरक भूमिकामा जोखिम उठाएको छु, निर्देशकले जोड गरेपछि अभिनय गर्न तयार भएको हुँ ।’, उनले भने ।

सुनको सिक्री लगाएर फरक भूमिकामा देखिएका खगेन्द्रले पशुपतिप्रसाद, धनपति, टलकजंग भर्सेस टुल्के लगायतका फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मन जितेका छन् ।

उनले अभिनय गरेको धनपति हालै iflix रिलिज भएको छ । हलमा भने उनी अभिनित चलचित्र ‘जय भोले’ आज असोज ३० गते फूलपातीको दिन पारेर रिलिज हुँदैछ ।

तस्वीरः अनिल थापा


तपाईंको प्रतिक्रिया