मुम्बई – बलिउड अभिनेत्री श्रीदेवीको अकस्मात हृदयाघातका कारणले मृत्यु भएको भनिएको थियो । उनको मृत्यु शुरुमा हृदयाघातका कारण भएको भनिएको थियो । पछि फेरि मिडियाले उनको मृत्यु धेरे औषधि र कस्मेटिक सर्जरीले गर्दा भएको भन्ने समाचार पनि लेखे ।
दुबई अस्पतालको फरेन्सिक टिमको रिपोर्टले भने उनको मृत्यु बाथरुमको बाथटबमा डुबेर भएको बताएको छ । रिपोर्टका अनुसार उनले मदिरा सेवन गरेको पनि बताइएको छ ।
पहिले उनको मृत्यु हृदयाघातका कारण भएको भनिए पनि अहिले आएर उनको मृत्यु दुर्घटनावश डुब्न पुग्दा भएको बताइएको छ ।
पूरै बलिउडमा श्रीदेवीको मृत्युको शोकमा छ । बलिउडमा फिल्मको शूटिङ पनि रोकिएको बताइएको छ । आजै उनको पार्थिव शरीरलाई भारत ल्याउने बताइएको छ ।
श्रीदेवीका पारिवारिक साथी अनिल अम्बानीले दुबईमा प्राभभेट जेट पठाएका छन् । ताकि, उनको पार्थिव शरीरलाई भारत ल्याउन कुनै समस्या नपरोस् । श्रीदेवी आफ्ना भतिजको बिहे भोजमा सरिक हुन दुबई गएकी थिइन् । उनी आफ्ना पति र कान्छी छोरी खुशीसँग दुबई गएको बताइएको थियो ।
एजेन्सीको सहयोगमा ।
तपाईंको प्रतिक्रिया