आइडलबाट बाहिरिएपछि उमेश प्रजाको पहिलो गीत सार्वजनिक (भिडियो) − Kalakarita
आइडलबाट बाहिरिएपछि उमेश प्रजाको पहिलो गीत सार्वजनिक (भिडियो)

शुक्रबार, वैशाख ६, २०७६, ०९ : ३५कलाकारिता

काठमाडौं – नेपाल आइडल सिजन २ मा थिएटर राउन्डबाट बाहिरिएका गायक उमेश कुमार प्रजाको गीत नौलो ठाउँ नौलो गाउँ सार्वजनिक भएको छ । आइडलबाट बाहिरिएपछिको यो उनको पहिलो गीत हो । सार्वजनिक गीतमा शब्द माया लामाको , संगीत राज शुक्र लिम्बुको अनि अरेन्ज बाबुल गिरीको रहेको छ ।

संगीतमा अत्यन्तै धेरै रुचि भएका गायक उमेश नेपाल आइडलमा  भाग लिननै भनेर विदेशको जागिर र राम्रो कमाई छोडेर नेपाल आएका थिए । संगीत क्षेत्रमा बिशेषगरी आधुनिक गायकीमा आफु चेपाङ समुदायबाट पहिलो गायक हुन सक्ने उनको अनुमान छ ।

दर्शक श्रोताहरुबाट  आइडलमा पाएको माया , सपोर्ट यो गीतबाट पनि पाउने आशा गायक उमेशले राखेका छन् ।

(इमेलमा प्राप्त)

तपाईंको प्रतिक्रिया