Break up

अध्यक्षमा खड्का भर्सेज लामिछाने, कोषाध्यक्षमा कटुवाल निर्विरोध (उमेदवारी सुचीसहित)

शनिबार, जेठ २५, २०७६, ०९ : ३५कलाकारिता

काठमाडौं – यतिबेला नेपाली फिल्म कलाकारहरु चुनाबी मैदानमा होमिएका छन् । नेपाल चलचित्र कलाकार संघको यहि जेठ २५ मा हुने १७ औं साधारणसभाले नयाँ नेतृत्व चयन गर्दैछ ।

नेतृत्वको लागी चुनाबी सरगर्मी बढ्दैगर्दा उमेदवारी दिएका कलाकारहरु आफ्नो-आफ्नो पक्षमा मत पार्न मा व्यस्त छन् । सोमबार मात्रै निर्वाचनमा मैदानमा उत्रिएका उमेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरिएको छ । अध्यक्ष पदमा कलाकारद्वय सरिता लामिछाने र रविन्द्र खड्का भिड्ने पक्का भएको छ । खड्का संघका पुर्व अध्यक्ष हुन् भने लामिछाने अघिल्लो कार्यकालकी महासचिव हुन् ।

महासचिव पदका लागी चेतबहादुर सिंह ‘राजा’ र सञ्जय खतिवडा दुई जनाको उमेदवारी परेको छ । भने उपाध्यक्ष पदमा चार जनाको उमेदवारी छ । यसअघि प्राविधिक संघको अध्यक्ष बनिसकेका मनोज केसी यो पदको लागी सानुकुमार ताम्राकार, विनोद भट्टराई, र रेजिना उप्रेतीसँग मैदानमा छन् । सचिव पदमा तीन उमेदवारी छ । कविता गेलाल, राजकुमार शाह र पनाह अधिकारी यो पदलाई भिड्दैछन् ।

यसैबीच कोषाध्यक्ष पदमा एक मात्र उमेद्वारी परेपछि कलाकार सुनिल कटुवाल निर्विरोध चयन हुने देखिएको छ । दाबी बिरोधको समय सकिइसक्दा उद्घाटनसत्रमा उनको पदलाई निर्विरोध निर्वाचित घोषणा गरिनेछ । सह कोषाध्यक्षमा अभिनेत्री पवित्रा आचार्य र डिबी बम्जन भिड्दैछन् ।

यस्तो छ अन्तिम नामावलीः

अध्यक्ष
सरिता लामिछाने
रविन्द्र खड्का

उपाध्यक्ष
मनोज केसी
सानुकुमार ताम्राकार
विनोद कुमार भट्टराई
रेजिना उप्रेती

महासचिव
चेतबहादुर सिंह
संजय खतिवडा

सचिव
कविता गेलाल शर्मा
राजकुमार शाह
पनाह अधिकारी

कोषाध्यक्ष
सुनिल कटुवाल (निर्विरोध)

सह–कोषाध्यक्ष
धनबहादुर बम्जन
पवित्रा आचार्य

सदस्य
श्यामकृष्ण श्रेष्ठ
धनराज केसी
लक्ष्मण चौलागाइँ
गोपाल ढकाल
शीतल केसी
जिके श्रेष्ठ
सुदर्शन आचार्य
धर्मानन्द आचार्य
किशोर भण्डारी
रोहित रुम्बा
जयकिसन बस्नेत
पवनप्रसाद खतिवडा
उद्धवप्रसाद भट्राई
शारदा नेपाल
माधव पौडेल
राजेन्द्रकुमार विसुराल
जीवन थापा

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।