एसईई सकिँदा ‘शत्रु गते’ लाई फाइदा, दोस्रो हप्ता पनि हाउसफूल − Kalakarita
एसईई सकिँदा ‘शत्रु गते’ लाई फाइदा, दोस्रो हप्ता पनि हाउसफूल

आइतबार, चैत्र १८, २०७४, ०९ : ३६कलाकारिता

काठमाडौं, १८ चैत – पछिल्लो समय एकपछि अर्को गर्दै नेपाली सिनेमा फ्लप भइरहेका बेला ‘शत्रु गते’ ले सुखद व्यापार गरेको छ । यतिबेला दोस्रो हप्तामा प्रर्दशन भइरहेको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

पहिलो हप्तामा ६ करोडको आसपासमा व्यापार गरेको चलचित्र ‘शत्रु गते’ दोस्रो हप्तामा पनि हाउसफूल देखियो । शनिवार विदाको दिन चलचित्रले आक्रामक व्यापार गरेको छ । भारतीय फिल्म ‘बागी २’ ले पनि चलचित्रको व्यापारलाई खासै फरक पारेन ।

हास्य विधामा बनेको चलचित्रले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । काठमाडौंका अधिकांश सिंगल स्किृनका हल र मल्टिप्लेक्स हल हाउसफूल भएको फिल्मका निर्देशक प्रदीप भट्टराईले बताए ।

‘गोपीकृष्णमा चारवटै हलमा दिनभरी फिल्म चल्यो, मल्टिप्लेक्स हलमा त टिकट नपाएर कति दर्शक फर्किनुपरेको छ’, भट्टराईले भने, ‘एसईई परीक्षा सकिएपछि दर्शक अझै बढ्नुभएको छ, हिजो हलमा गुरुले नै विद्यार्थी लिएर फिल्म हेर्न आउनुभएको थियो ।’

अहिले दर्शकले कलरफूल फिल्म रुचाइरहेका कारणले गर्दा दर्शकले यो फिल्म रुचाएको निर्देशकले बताए ।

कोलोनीका परिवारको कथामा बनेको चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको कथामा आएको ट्वीस्ट र कमेडीका कारण फिल्म रुचाइएको छ ।

पछिल्लोपल्ट मंगलबार, चैत्र २०, २०७४ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया