मुम्बई, २५ जेठ – बलिउड अभिनेत्री प्रियंका चोपडाको एक डायलग भाइरल भएको छ । सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ ।
प्रियंकाले एक डायलग अमेरिकन टिभी शोमा बोलेकी थिइन् । उक्त क्लिपलाई लिएर भारतका उनका फ्यान भड्केका छन् । डायलगमा पाकिस्तान र भारतको कुरालाई उठाइएको छ ।
उनको डायलगको आशय यो थियो कि, ‘ऊ पाकिस्तानी होइन र उसका घाँटीमा रुद्राक्षको माला छ, यो माला कुनै पाकिस्तानी मुसलमानको गलामा हुन सक्दैन, ऊ एक भारतीय राष्ट्रवादी हो, जो पाकिस्तानमा फसेको छ ।’
ट्वीटरमा उनलाई खनिएरै विरोध गरेका छन् । उनका विरुद्धमा ट्रेन्ड नै चलाएका छन् ।
टिभी शो ‘क्वाँटिको’ मा उनी एफबीआई एजेन्टको भूमिकामा छिन् । उनको टिमले केही व्यक्तिलाई समात्छ, उनलाई ती पाकिस्तानी जस्तो लाग्छ, त्यही बेलामा यो संवाद प्रियंकाले बोल्छिन् ।
प्रियंकालाई अन्तर्राष्ट्रिय शोमा देशको बेइज्जत गरेको भन्दै गाली गरिरहेका छन् ।
तपाईंको प्रतिक्रिया