काठमाडौंमा बस्ने गुल्मेलीले मनाए तीज − Kalakarita
काठमाडौंमा बस्ने गुल्मेलीले मनाए तीज

बुधबार, भाद्र २७, २०७५, ०७ : ३६कलाकारिता

काठमाडौं, २७ भदौ – हिन्दू नारीहरुको रौनकको चाड हरितालिका तीजलाई देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो ।

काठमाडौंमा बस्दै आएका गुल्मेलीले काठमाडौंको बाल्मिकी क्याम्पस परिसरमा भेला भएर तीज सेलिब्रेसन गरेका छन् ।

बृहत तीज विशेष कार्यक्रममा गुल्मेली नारीहरुले तीजका गीत गाउने र नाच्ने गरेका थिए । आयोजकले गाउन चाहने सबै चेलीलाई गाउनसमेत अनुरोध गरेको थियो । कार्यक्रममा गुल्मेली चेलीहरुले आफन्त तथा साथीसँग भेटघाटसमेत गरेका थिए ।


तपाईंको प्रतिक्रिया