

काठमाडौं, २८ चैत – ओखलढुङ्गेली स्रष्टाहरूले ‘जन्मभूमि साहित्य समाज’ नामक संस्था गठन गरेका छन् । विभिन्न कामको सिलसिलामा काठमाडौं बस्दै आएका ओखलढुङ्गेली स्रष्टाहरूले चैत्र २६ गते उक्त संस्था गठन गरेका हुन् ।
साहित्यकार ओमप्रसाद कोइरालाको अध्यक्षतामा बसेको साहित्कारहरूको समूहले डिल्लीप्रसाद मूलतिहुनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको हो । साहित्यिक समाजको उपाध्यक्षमा रञ्जु दाहाल, कोषाध्यक्षमा दिपक दाहाल, सचिवमा मोहनप्रसाद फुँयाल, सह सचिवमा इन्दु अंशु र सदस्यहरूमा कविता पोखरेल र श्रीदीप दाहाल चयन भएका छन् । संस्थाका संरक्षक ओमप्रसाद कोइराला र सल्लाहकार दिपकप्रसाद दाहाल रहेका छन् ।
संस्थाले लुकेर रहेका साहित्यिक प्रतिभाहरूलाई अगाडि ल्याई नेपाली साहित्यको विकासमा योगदान गर्ने लक्ष्य राखेको दिपक दाहालले बताए ।
साथै काठमाडौंमा प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक गोष्ठीको आयोजना गर्ने संस्थाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहुनले जानकारी गराए ।
तपाईंको प्रतिक्रिया