

काठमाडौं, २७ भदौ – चार दशक चलचित्र अभिनयमा बिताएका बरिष्ठ कलाकार शिब श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
व्यवसायी तथा गीतकार अस्मिता सुमार्गीको शब्द समावेश बाबा तिमी छौ र त बोलको गीतमा नायक श्रेष्ठले बाबाको भुमिकामा अभिनय गरेकाछन् । बुबाको मुख हेर्ने दिनको अवसर पारेर गत आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियोलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा विश्व नेपालीको स्वर तथा संगीत रहेको छ।
अस्मिताले यस गीत आफ्नो बाबालाई समर्पित गरेर गीत लेखेको बताइन्। उनले भनिन्, बाबा आमा विना आफ्नो अस्तित्व हुदैन्। यदि उहाँहरुले जन्म नदिनुभएको भए म यो स्थितीमा हुने थिएन्। त्यहीँ बाबा आमाको प्रेमलाई देखेर उहाँलाई समर्पित गर्दै यस गीत लेखेकी हुँ।
युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा पुरना अभिनेता श्रेष्ठ र नायिका हर्षिका श्रेष्ठले बाबु छोरीको भुमिका गरेकाछन् ।
अहिले देशमा भइरहेको बलत्कारको विरुद्दमा भिडियो तयार पारीएको छ । अभिनेता श्रेष्ठले यो भिडियोमा काम गर्न पाउदा खुसी लागेको बताए । उनले भने, धेरै फिल्ममा काम गरेपनि भिडियोमा काम गर्न पाउँछु जस्तो लागेको थिएन्। तर यति राम्रो गीतमा अभिनय गर्न पाएको छु निकै खुसी लागेको छ उनले बताए ।
साथै नायिका हर्षिकाले पनि भिडियोमा काम गर्न पाउँदा खुसी भएको बताईन । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन्।
(फिडमा आएको यो समाचार कलाकारिता टिमले सम्पादन गरेको छैन ।)
तपाईंको प्रतिक्रिया