तरकारीवालीको पहिलो फिल्म ‘लम्फू’ को ट्रेलर सार्वजनिक (भिडियो) − Kalakarita
तरकारीवालीको पहिलो फिल्म ‘लम्फू’ को ट्रेलर सार्वजनिक (भिडियो)

बिहीबार, चैत्र २९, २०७४, ०४ : ३६कलाकारिता

काठमाडौं,२९ चैत – केही महिनाअघि तरकारीवाली बनेर भाइरल बनेकी कुसुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रमा सलोन बस्नेत, कविर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, अजित लामिछाने, आर्यन खड्का, जानुका पौडेल, कुसाग्र भट्टराई लगायतले अभिनय गरेका छन् । त्यस्तै चलचत्रिलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

ट्रेलर हेर्दा फिल्म प्रेमकथामा आधारित र बेरोजगार युवा वरिपरि घुमेको आभास हुन्छ । चलचित्रमा कथा, पटकथा र संवाद भूपतिको छ । चलचित्रलाई शक्ति घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्र ०७५ सालको बैशाख २८ बाट देशभर प्रदर्शनमा आउँदैछ ।


तपाईंको प्रतिक्रिया