रुनै परेन, ‘बोल माया’ गीतले आफै आँसु झारिदियोः अञ्जली अधिकारी − Kalakarita
रुनै परेन, ‘बोल माया’ गीतले आफै आँसु झारिदियोः अञ्जली अधिकारी

शनिबार, जेठ १२, २०७५, ०९ : ३६कलाकारिता

काठमाडौं, १२ जेठ – म्युजिक भिडियोमा रुचि राख्नेका लागि अञ्जली नाम नौलो नाम होइन । गीतका म्युजिक भिडियोले तारिफ पाउनु उनका लागि नौलो कुरा भएन ।

केही दिन भयो, उनको व्यस्तता ह्वात्तै बढेको छ । उनलाई एकाएक चिनाएको एउटा गीत हो – बोल माया ।

प्रकाश सपूतको शब्द तथा संगीत रहेको यो गीतले रातारात प्रकाशलाई मात्र हिट बनाएन, गायिका शान्ति श्री परियार र भिडियोमा अभिनय गर्ने मोडल अञ्जली अधिकारीलाई पनि एकाएक हिट बनायो । जति गीतका शब्द र गायकीको चर्चा गरियो, उति नै चर्चा उनको अभिनयको पनि भयो ।

अञ्जलीले पनि त्यो गीतले आफूलाई भावुक बनाएको बताउँदै गीतमा अभिनय गर्दा नक्कली आँसु झार्नै नपरेको बताइन् । ‘मैले यो भिडियोमा अभिनय गर्दा नक्कली आँसु झार्नै परेन, गीतको बिम्ब नै यस्तो थियो कि, आफै आँसु झारिदिन्थ्यो’, उनले भनिन्, ‘यो गीतपछि फेसबूकमा मात्र म्यासेज यति आउँछन् कि, तीस मिनेट त मैले मोबाइल चलाउनै नै मिल्दैन नोटिफिकेसनले गर्दा ।’

गीतको भिडियोमा गरेको उनको अभिनयले अञ्जलीलाई तारिफै तारिफ दिलाएको छ । नृत्यमा पनि उनी उत्तिकै दख्खल छिन् । खासगरी गीतको भिडियोमा उनको अभिनयकला तारिफ हुने गर्दछ ।

तर उनी रातारात चर्चित भइन् । ‘यो गीतले अझ धेरै जिम्मेवारी थपेको छ, सकभर राम्रो छानेर काम गर्नुपर्ने छ ।’, उनी भन्छिन् ।

प्रकाश सपूतले निर्देशन गरेको ‘बोल माया’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेकी छिन् । जुन गीत पछिल्लो समय बजार पिटेको लोकगीत हो ।

पछिल्लोपल्ट आइतबार, जेठ १३, २०७५ मा अपडेट गरिएको ।


तपाईंको प्रतिक्रिया