जातीय कमेन्ट गर्ने फेसबूकेविरुद्ध शंकर बिसीले उजुरी हाले − Kalakarita
जातीय कमेन्ट गर्ने फेसबूकेविरुद्ध शंकर बिसीले उजुरी हाले

सोमबार, चैत्र १९, २०७४, ०९ : ३७कलाकारिता

काठमाडौं, १९ चैत चैत – मोडल तथा म्युजिक भिडियो निर्देशक शंकर बिसीले जातका आधारमा कमेन्ट गर्नेविरुद्ध जाहेरी दिएका छन् ।

उनले आफूलाई जातीय आधारमा कमेन्ट गर्नेलाई मुद्दा हाल्ने र ती कमेन्टलाई तस्वीर बनाएर राखेको पहिले नै बताएका थिए ।

विसीले एक पत्रकारलाई थर्काएको भिडियो एकाएक केही दिनअघि भाइरल भएको थियो । तर बिसीले ढोकामा उभिएर अन्तर्वार्ता लिँदा झुक्किएर क्यामेरा अगाडिबाट जाँदा क्यामेरामेनले घुरेर हेर्दा आफूलाई रिस उठेको बताएका थिए ।

तर सार्वजनिक भएको भिडियोमा भने शंकर बिसीले थर्काएको क्लिप मात्र थियो । उक्त भिडियोमा विभिन्न फेसबूक पेज र युट्युबमा भाइरल भएपछि उनलाई कतिले नकारात्मक कमेन्ट बर्साएका थिए ।

त्यसैको छिनोफानो गर्न उनले महानगरीय प्रहरी परिसर टेकुमा सोमबार जाहेरी दिएका हुन् ।

आफूलाई जातीय आधारमा कमेन्ट गर्नेले ती कमेन्ट हटाए पनि आफूसँग स्किृनशट सुरक्षित भएको शंकरले बताए ।

प्रहरीकहाँ पहिले नै उजुरी दिने भनेपनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको कार्यक्रमको व्यस्तताले गर्दा उनी जाहेरी दिन केही ढिला गरेका हुन् ।

अहिले जातीय कमेन्ट गर्नेलाई यसै छोड्ने हो भने फेरि अर्को पटक पनि गाली गर्ने भएकाले आफूले यो कदम चालेको उनले बताए ।

पत्रकार र शंकर बिसीबीचको लफडा भनाभन भएको दोस्रो दिन नै मिलिसकेको छ ।


तपाईंको प्रतिक्रिया