नेपाली गायक मानस भारतीय टिमसँग २० लाखमा अनुबन्ध − Kalakarita
नेपाली गायक मानस भारतीय टिमसँग २० लाखमा अनुबन्ध

सोमबार, जेठ १४, २०७५, १० : ३७कलाकारिता

काठमाडौं, १४ जेठ – ‘भाइरल भइदियो’ गीतबाट चर्चामा आएका गायक मानस राजले भारतीय म्युजिक कम्पनी विंग्स इन्टरटेनमेन्टसँग २० लाख रुपैयाँमा एक एल्बमका लागि हस्ताक्षर गरेका छन् ।

कम्पनीका अध्यक्ष प्रकाश रोहराले मानससँग लिखित सम्झौता गरिसकेको बताइएको छ भने एल्बममा समावेश गरिने ४ गीतको फाइनल भइसकेको छ ।

फेरि टेल्स नामक युट्युब च्यानललाई ६१ भाषामा संचालन गरिरहेका प्रकाशले नेपालमा गीतसंगीतको बढ्दो लोकप्रियता देखेर नै आफ्नो रुचि बढेको बताए ।

पछिल्लो समय नेपाली गीतसंगीतले युट्युबमा सहजै करोड भ्युज क्रस गर्न थालेपछि आफ्नो टीम लगानीका लागि इच्छुक भएको उनले बताए । एल्बममा रोमान्टिक गीतहरु हुनेछन् । केही गीतको भिडियो पनि छिटै नै छायाँकन गर्ने र आउने अगस्टमा एल्बम् लन्च गरिने बताइएको छ ।

मानसले यसरी नेपाल बाहिरबाट अफर आउँदा आफूलाई निकै खुशी लागेको बताएका छन् । उनले पहिले फोनमा कुराकानी भएको र पछि काम गर्ने सहमति भएको समेत बताए । उनले एल्बममा डान्सिङ शैलीका गीत समावेश गरिने तथा स्वर र संगीत पनि आफ्नै हुने बताए ।


तपाईंको प्रतिक्रिया