मेलिना राईले ल्याइन् ‘ठमेल बजारमा’ − Kalakarita
मेलिना राईले ल्याइन् ‘ठमेल बजारमा’

मंगलबार, वैशाख ४, २०७५, ०२ : ३७कलाकारिता

काठमाडौं, ४ वैशाख – गायिका मेलिना राईको स्वरमा सजिएको गीत नयाँ लोकगीत ‘ठमेल बजारमा’ सार्वजनिक भएको छ । गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

मेलिना राई र जेबी ओलीको स्वर रहेको गीतका शब्द गायक जेबी ओलीले लेखेका हुन् । त्यस्तै गीतको भिडियोमा करिष्मा ढकाल, ध्रुव हिमाली र जेबी ओलीले फिचरिङ गरेका छन् ।

जेबी ओली र उमेश थगुनाले गीतका शब्दमा संगीत भरेका छन् । भिडियोमा मनोज कार्कीको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ ।


तपाईंको प्रतिक्रिया