रवि ओडको गीतमा पुष्प र आँचलले मर्काए कम्मर (भिडियो)

बिहीबार, जेठ २३, २०७६, १० : ३८कलाकारिता

काठमाडौं – नेपाल आइडल सिजन २ विजेता रवि ओडले स्वर दिएको गीत सार्वजनिक भएको छ । ‘दिलको फ्रेममा’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा देवल भण्डारीले शब्द लेखेका छन् भने स्वरमा रविलाई पुष्पा पौडेलले साथ दिएकी छिन् । लोक शैलीको यो गीतमा दीपक शर्माले संगीत भरेका छन् ।

यस्तै गीतको भिडियोमा पुष्प खड्का र आँचल शर्मालाई कम्मर भाँचेको देख्न सकिन्छ । साथै भिडियोमा रवि ओडलाई पनि देख्न सकिन्छ । भिडियोमा नवराज उप्रेतीको छायांकन, विकास ज्ञवालीको सम्पादन, सुरेन बसेलको कोरियोग्राफी र सुब्रतराज आचार्यको निर्देशन रहेको छ ।

यसमा तपाईंको विचार

नोट : तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन र गोप्य राखिनेछ ।