निरज भट्टराईको कविता: खुब हाेसियारीका साथ − Kalakarita
निरज भट्टराईको कविता: खुब हाेसियारीका साथ

सोमबार, कार्तिक १२, २०७५, ०९ : ३८कलाकारिता
  • निरज भट्टराई

खुब हाेसियारीका साथ
मुठ्ठीमा लिएथें जुनकिरीलाई,
एकपललाई साेचेथें
उज्यालाे मेराे कैदमा छ…

उज्यालो न हो,
लुकिबस्न कहाँ सक्थ्याे र!
निस्किगयो अाैंलाकाे कापबाट
चम्किन थाल्याे मेराे हात…

एकदिन अचानक
चम्किन लागे मेरा अाँखा पनि,
जब जब साेधियाे यसकाे कारण
केही बाेलिन म
केवल मुस्कुराईदिएँ…

सुन न !
तिमीलाई हाेसियारीका साथ
राखेकाे छु मन भित्र कतै
सबलाई बताईरहनु केहि जरुरी छैन,
छ र…!?


तपाईंको प्रतिक्रिया