‘इन्टु मिन्टु लण्डनमा’ को आइ एम इन्टु, सी इज मिन्टु सार्वजनिक (भिडियो) − Kalakarita
‘इन्टु मिन्टु लण्डनमा’ को आइ एम इन्टु, सी इज मिन्टु सार्वजनिक (भिडियो)

बिहीबार, असोज ४, २०७५, ०८ : ३८कलाकारिता

काठमाडौं, ४ असोज – चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्वजनिक भएको छ । भोलि शुक्रवारबाट प्रदर्शन हुने यो फिल्मले युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।

‘आइ एम इन्टु, सी इज मिन्टु’ बोलको गीतमा सुजिल कर्माचार्यले शब्द लेखेका हुन् भने संगीत तथा स्वर पनि कर्माचार्यकै छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार साम्राज्ञी शाह र धिरज मगरलाई क्लासिकल डान्समा नाचेका छन् ।

आइकोर फिल्मको ब्यानरमा निर्माण भएको यो फिल्मलाई रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् । यो उनको डेब्यु फिल्म हो । यस्तै यही फिल्मबाट धिरज मगर पनि अभिनेताका रुपमा डेब्यु गर्दैछन् ।

साम्राज्ञी र धिरजका अलावा सारुक ताम्राकार, विजय लामा, दिलभुषण पाठक, रुवी राणा, विवेक लिम्बु लगायतका कलाकारले अभिनय गरेको फिल्म रिलिजअघि चर्चामा छ ।


तपाईंको प्रतिक्रिया