क्रिमिनल लिस्टमा सलमान खानको नाम पनि थपियो − Kalakarita
क्रिमिनल लिस्टमा सलमान खानको नाम पनि थपियो

शनिबार, वैशाख १, २०७५, ०८ : ३८कलाकारिता

मुम्बई – बलिउडमा टाइगरका नामले समेत चर्चा कमाएका स्टार सलमान खान कालो हरिणको शिकार गरेको आरोपमा जेलमा परे । उनलाई यही केशमा पाँच वर्षको सजाय सुनाइएको थियो । तर, पछि उनलाई जमानतमा रिहाई गरिएको थियो ।

यो फ्यानका लागि खुशीको खबर थियो । तर हालै उनलाई वाइल्डलाइफ क्राइम कन्ट्रोल ब्यूरोको अपराधीको लिस्टमा सलमान खानको नाम पनि सामेल भएको छ । यस लिस्टमा ३९ जना अपराधीको नाम छ । सबैभन्दा अन्तिममा सलमान खानको नाम थपिएको एक भारतीय मिडियाले लेखेको छ । लिस्टमा सामेल नाम वन्यजन्तुको शिकार गरेको अपराधमा आधारित छन् । जसमा बाघको शिकार पनि सामेल छन् ।

यो सलमान खान र उनका फ्यानका लागि दुःखको कुरा हो । भलै सलमानको स्टारडम भने विश्वभर नै छ । सलमान खान जेलबाट रिहाई हुनासाथ आफ्नो अपकमिङ फिल्म रेस – ३ को शूटिङमा व्यस्त छन् । यसपछि उनी लगत्तै दोस्रो प्रोजेक्टमा व्यस्त हुनेछन् ।


तपाईंको प्रतिक्रिया