बिहीबार, भाद्र २१, २०७५, ०७ : ३८
कलाकारिता


काठमाडौं, २१ भदौ – लोकप्रिय गायिका हरिदेवी कोइरालाले तीजको अवसरमा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।
‘सौतामाथि दियौ बाबा’ बोलको गीतमा चेलीका विरहका शब्द सुन्न सकिन्छ भने पुरानो शैलीको स्वाद गीतमा पाइन्छ । गीतलाई हरिदेवी कोइरालाले स्वर दिएकी हुन् भने शब्द र संगीत पनि गायिका कोइरालाकै छ ।
गीतको भिडियोलाई रामबहादुर कोइरालाले निर्देशन गरेका छन् भने सुस्मिता तिवारी र विश्वनाथ पराजुली परिवारले गीतको भिडियोमा अभिनय गरेका छन् ।
यस्तै भिडियोको सम्पादन सगुन सिग्देलको रहेको छ भने श्रीकान्त सिग्देलको छायांकन छ ।
तपाईंको प्रतिक्रिया