‘इन्टु मिन्टु लण्डनमा’ को उडायो हावाले (भिडियो) − Kalakarita
‘इन्टु मिन्टु लण्डनमा’ को उडायो हावाले (भिडियो)

बुधबार, साउन ९, २०७५, ०५ : ३८कलाकारिता

काठमाडौं, ९ साउन – चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजनिक गरिएको छ । केही समयअघि टिजर सार्वजनिक गरेर चर्चा कमाएको फिल्मले ‘उडायो हावाले’ बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फिचरिङ गराइएको छ । यो रोमान्टिक लभ स्टोरी गीतमा हर्कुलस बस्नेत र निखिता थापाले स्वर दिएका छन् । गीतमा शब्द हर्कुलस बस्नेतका रहेका छन् भने मिक्सिङ उज्जवल महतले गरेका छन् ।

धिरज र साम्राज्ञीको जोडी रहेको यो फिल्ममा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, रुवि राणा शाह, मेलिशा गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो फिल्मलाई कोरियोग्राफीमा लामो परिचय बनाएकी रेनाशा बान्तवा राईले निर्देशन गरेकी हुन् । डेब्यु निर्देशनको टिजर र गीतले नै राईले सकारात्मक प्रतिक्रिया पाएकी छिन् ।

फिल्मको स्टोरी पनि निर्देशक राईकै हो भने स्किृप्ट अभिमन्यु निरवी र रेनाशा राईले लेखेका हुन् ।

 


तपाईंको प्रतिक्रिया