

मुम्बई – सलमान खानको ‘रेस ३’ भलै बक्स अफिसमा कमजोर किन रहोस् तर उनको स्टारडममा अलिकति पनि फरक पारेको छैन । यसको प्रमाण त सलमान खानलाई आएका अफर नै हुन् ।
खबरका अनुसार आदित्य चोपडाले सलमान खानलाई ‘धूम ४’ मा फाइनल गरेका छन् । भारतीय मिडियाका अनुुसार पछिल्लो हप्ता आदित्य र सलमानबीच सम्झौता भएको थियो ।
धूम सिरिजमध्ये ‘धूम ४’ लाई सबैभन्दा ठूलो फिल्म भनिएको छ । यसैकारण पनि सलमान चयन भएका हुन् ।
सलमान खानको यो फिल्मका लागि नयाँ लूक अपनाउनेछन् । उनी फिल्ममा लामो कपालका साथ देखिन सक्नेछन् । फिल्मका अन्य कलाकार तय नभए पनि फिल्ममा रणवीर सिंह पनि रहनेछन् ।
धूम सिरिजका तीन सिरिजमा अभिषेक बच्चन र उदय चोपडा रहँदै आएका छन् । तर, अबको भागमा भने उनीहरु नहुने बताइएको छ ।
फिल्मको शूटिङ अर्को वर्ष हुनेछ । १ सय ३० दिनसम्म निरन्तर शूटिङ चल्नेछ । फिल्मको धेरै भाग दुबईमा छायांकन गरिने बताइएको छ भने यो फिल्म सन् २०२० मा रिलिज हुनेछ ।
तपाईंको प्रतिक्रिया