मुस्कान पासा र फतौरी बूढीको गाईजात्रा (भिडियो) − Kalakarita
मुस्कान पासा र फतौरी बूढीको गाईजात्रा (भिडियो)

मंगलबार, भाद्र १२, २०७५, १० : ३९कलाकारिता

काठमाडौं, १२ भदौ – पछिल्लो समय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) समाजसेवामा सक्रिय छन् । यतिबेला फिल्म ‘एन्टीभाइरस’ को तयारीमा पनि जुटेका छन् उनीहरू ।

यसैबीच गाईजात्राको अवसर पारेर धुर्मुस सुन्तली आफ्नो अर्को रुप मुस्कान पासा र फतौरी बूढीको भूमिकामा अभिनय गरेर नयाँ गीत सार्वजनिक गरेका छन् ।

‘गाईजात्रा दोहोरी २०७५’ नाम दिइएको उक्त भिडियोमा धुर्मुस र सुन्तली आफैले दोहोरी गाएका छन् भने भिडियोमा मुस्कान पासा र फतौरी बूढी बनेर दुवै नाचेका छन् ।

गीतमा समाजप्रति व्यङ्ग्य र रमाइलो दुवै गरिएको छ । यस्तै गीतका शब्दलाई बबिता बानियाँले लेखेकी हुन् ।

यस्तै गीतको भिडियोलाई गोकुल अधिकारीले छायांकन गरेका हुन् भने दिवसले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन भने धुर्मुस सुन्तलीले नै गरेका हुन् ।


तपाईंको प्रतिक्रिया