रुपकको नयाँ गीत रिलिज (भिडियो) − Kalakarita
रुपकको नयाँ गीत रिलिज (भिडियो)

बुधबार, भाद्र ६, २०७५, ०८ : ३९कलाकारिता

काठमाडौ, ६ भदौ – गायक रुपक डोटलको नयाँ गीत ‘फर्की आउँछौ’को भिडियो रिलिज भएको छ । हालै इन्टरनेटमा रिलीज गीतमा अकेला आशुको शब्द-संगीत रहेको छ ।

चलचित्रमा व्यस्त नायिका बर्षा सिवाकोटी र मोडल विकाश लामिछानेको अभिनय रहेको गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा प्रेममा स्वार्थको अल्झनलाई देखाउन खोजिएको छ । सिमित स्वार्थको लागि प्रेममा भएको धोका भिडियोले बोलेको छ ।

अनिल के. मानन्धरको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।

https://youtu.be/jKSASbCXrJM


तपाईंको प्रतिक्रिया