‘दाल, भात, तरकारी’ को अफिसियल घोषणा, कलाकार को को? − Kalakarita
‘दाल, भात, तरकारी’ को अफिसियल घोषणा, कलाकार को को?

बिहीबार, साउन ३१, २०७५, ०९ : ३९कलाकारिता

काठमाडौं, ३१ साउन – चलचित्र ‘दाल, भात, तरकारी’ बन्ने अफिसियल घोषणा गरिएको छ । काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर अफिसियल घोषणा गरिएको हो । चलचित्र बन्ने भनेर विभिन्न समाचार यसअघि नै आइसकेका थिए ।

निर्माण हुने चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्दैछन् । यसअघि उनले दुई हलिउड फिल्म र नेपाली फिल्म ‘शत्रु गते’ मा सह–निर्देशन गरेका छन् ।

चलचित्रलाई मह संचारले निर्माण गर्न लागेको हो भने किरण केसी प्रस्तुतकर्ताका रुपमा छन् । केसीले आफ्नो जन्मदिनको अवसर पारेर फिल्म निर्माणको घोषणा गरेका थिए ।

चलचित्रलाई सकभर सटिक र सरल बनाउने निर्माण टिमले बताएको छ । फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धारा भुषाल , राजाराम पौडेल , शिशिर बाङ्ग्देल लगायतका कलाकारले अभिनय गर्नेछन् ।

मसिंर पहिलो साताबाट फ्लोरमा जाने भनिएको यो चलचित्र अर्को वर्षको वैशाख १३ गते प्रदर्शनमा आउनेछ ।

चलचित्रमा पुष्प खड्का र स्वस्तिमा खड्काको जोडी रहनेछ । त्यस्तै हरिवंश आचार्यले निरुता सिंहको पनि जोडी रहनेछ । साथै चलचित्रमा विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरि पौडेल लगायतले पनि अभिनय गर्नेछन् ।


तपाईंको प्रतिक्रिया