अटल बिहारी वाजपेयीको निधनमा बलिउड शोकमा − Kalakarita
अटल बिहारी वाजपेयीको निधनमा बलिउड शोकमा

बिहीबार, साउन ३१, २०७५, १० : ३९कलाकारिता

मुम्बई – भारतका चर्चित नेता तथा पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीवार साँझ निधन भयो । दिल्लीको एम्स हस्पिटलमा उनले अन्तिम सास लिए ।

उनी करीब दुई महिनादेखि एम्समा भर्ना भएका थिए । पछिल्लो २४ घण्टामा उनको अवस्था नाजुक थियो ।

दिव्य व्यक्तित्वका कारण सबैले उनलाई चाहन्थे । राजनेता तथा साहित्यकार समेत रहेका वाजपेयीको निधनको खबरमा अमिताभ बच्चन लगायत थुप्रै हस्तीले ट्वीट गर्दै दुःख जनाएका छन् ।

त्यस्तै सञ्जय दत्तले पनि ट्वीट गर्दै दुःखी भएको बताएका छन् । सञ्जय दत्तले ट्वीटरमा लेखेका छन्, ‘उहाँ मेरो परिवारको नजिकको मान्छे हुनुहुन्थ्यो, उनको विरासतलाई सधै याद राखिनेछ, आफ्नो निस्वार्थ सेवाका लागि धन्यवाद सर ।’

प्रियंका चोपडाले पनि अटल बिहारी वाजपेयीको निधनमा दुःख व्यक्त गरेकी छिन् । यस्तै एकता कपूर, दक्षिण भारतीय अभिनेता धनुष, दिया मिर्जा, लता मंगेशकर, दिया दत्त, इशा गुप्ता, विवेक ओवराय, फरहान अख्तर, जोन अब्राहम लगायतका कलाकारले श्रद्धान्जली दिएका छन् ।
सबैले उनी कुशल नेता भएको बताएका छन् ।


तपाईंको प्रतिक्रिया