सलमान खान जेलबाट छुटे − Kalakarita
सलमान खान जेलबाट छुटे

शनिबार, चैत्र २४, २०७४, ०५ : ४०कलाकारिता

मुम्बई – अभिनेता सलमान खानलाई भारतको जोधपुरको जेलले जमानतमा रिहा गरेको छ । बीस वर्ष पहिले कालो हरिण मारेको आरोपमा उनलाई पक्राउ गरी पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

त्यसपछि उनले याचिका पेश गर्दै रिहाईको माग गरेका थिए । शनिवार बिहानैदेखि सलमानका फ्यानले जोधपुर कोर्ट परिसरमा धेरै भीड बनाएका थिए । कोर्टले जमानत मन्जुर गरेसँगै सलमानका फ्यानहरुले नाचगान गरेका थिए ।

उनलाई ५०–५० हजारको जमानत सहित रिहा गरिएको भारतीय मिडियाले लेखेका छन् । तर, उनी कोर्टलाई नबताई विदेश पनि जान पाउने छैनन् भने मे ७ मा फेरि कोर्ट धाउनुपर्ने छ ।


तपाईंको प्रतिक्रिया