यस्तो बनेर आयो ‘भैरे’ को गीत [भिडियो] − Kalakarita
यस्तो बनेर आयो ‘भैरे’ को गीत [भिडियो]

शुक्रबार, फागुन २५, २०७४, ०२ : ४०कलाकारिता

काठमाडौं, २५ फागुन – चलचित्र ‘भैरे’को गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर फिल्मको गीत सार्वजनिक गरिएको हो ।

लोक शैलीको गीतको बाढी आइरहेका बेला यो गीत पनि लोकशैलीमै तयार पारिएको छ । गीतमा बुद्धि तामाङ, विक्रान्त बस्नेत, वर्षा शिवाकोटी लगायतको नृत्य छ । गीतको कोरियाग्राफी आकर्षक छ ।

चलचित्रममा बसन्त सापकोटाको लय र संगति छ । त्यस्तै गीतलाई यम बराल, बसन्त सापकोटा र मेलिना राईले गाएका हुन् ।

एभरेस्ट सूर्य बोहराको लेखन तथा निर्देशन रहेको चलचित्रलाई पुरषोत्तम प्रधानले खिचेका हुन् भने वनिश शाहको सम्पादन रहेको छ ।


तपाईंको प्रतिक्रिया