‘तीज आएको बेला’ मा प्रकाश सपूत र अन्जली अधिकारी (भिडियो) − Kalakarita
‘तीज आएको बेला’ मा प्रकाश सपूत र अन्जली अधिकारी (भिडियो)

मंगलबार, असार २६, २०७५, ०८ : ४१कलाकारिता

काठमाडौं, २६ असार – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन अझै केही समय बाँकी छ । तर पनि नेपाली लोक पारखी मनहरुमा आफनो आवाजमा रहेको गीत बजारमा ल्याएर मनोरञ्जन दिनको लागि नेपाली कलाकारहरुलाई चटारो छ ।

यसै क्रममा अनु राना मगर र ओम प्रकाश परियारको गीत “तीज आएको बेला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा वियोगान्त भावहरु भन्दापनि स्वच्छ मनोरञ्जन दिनको लागि आफुहरुले निकै मेहनत गरेर गीत बजारमा ल्याएको गायिका अनु राना मगरले बताइन । गीतमा राजेन्द्र कँडेल र गायिका अनुराना मगरको आवाज रहेको छ ।

जिवन प्याकुरेलको शब्द सिर्जना तथा राजेन्द्र कडेँलको मौलिक लय सिर्जना तथा विनोद बाजुरालीको एरेन्जमा निकै रमाइलो गीत बजारमा आएको हो ।

गीतको भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन भने प्रविन भट्टले सम्पादन गरेका छन । गीतको भिडियोमा प्रकाश सपुत , अन्जली अधिकारी , उज्वल गीरी दानविरको नित्य रहेको छ । निकै राम्रो नित्य निर्देशन गर्ने काम भिडियो निर्देशक काजिश श्रेष्ठले गरेका हुन् ।

(इमेलमा प्राप्त यो समाचारलाई कलाकारिता टिमले सम्पादन गरेको छैन ।)


तपाईंको प्रतिक्रिया