काठमाडौंमा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता शुरु, प्रथम हुनेलाई डेढ लाख पुरस्कार − Kalakarita
काठमाडौंमा राष्ट्रिय लोक दोहोरी प्रतियोगिता शुरु, प्रथम हुनेलाई डेढ लाख पुरस्कार

मंगलबार, चैत्र १३, २०७४, ०८ : ४१कलाकारिता

काठमाडौं, १३ चैत – ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन’ भन्ने नारा बोकेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘राष्ट्रिय अर्ना लोक दोहोरी गीत (रनिङ शिल्ड) प्रतियोगिता’ काठमाडौंको भृकुटीमण्डपमा आजदेखि शुरु हुने भएको छ ।

स्थापना कालदेखि नै नेपाली मौलिक गीतलाई टेवा पु–याउने र लोक संगीतको जर्गेना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्दै आएको आयोजकले जनाएको छ । ‘चौथो राष्ट्रिय लोक दोहोरी रनिङ शिल्ड प्रतियोगिता २०७४’ नाम दिइएको उक्त कार्यक्रम आजदेखि चैत १७ गतेसम्म चल्नेछ । कार्यक्रमको मुख्य प्रायोजकमा अर्ना वियर रहेको छ ।

आफ्नै भवनमा नेपाली लोक बाजाहरुको संग्रहालय, पुरानो मौलिक गीत संगीत र पुस्तकहरुको सांगीतिक पुस्तकालय, संगीत प्रशिक्षण पाठशाला, सभा, सेमिनार र गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्न हलको आवश्यकता देखिएकाले ‘हामी सबैको रहर प्रतिष्ठानको आफ्नै घर’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

साथै प्रतियोगितामा प्रथम हुनेले रु. १ लाख ५१ हजार १ सय, त्यस्तै द्वित्तीय हुनेले रु. १ लाख १ हजार १ सय, तृतीय हुनेले ५७ हजार ७ सय ७७ र सान्त्वनाले २३ हजार ७ सय ७७ रुपैयाँ पाउनेछन् ।

पाँच दिनसम्म चल्ने उक्त कार्यक्रमको प्रवेश टिकट दर रु. पचास तोकिएपनि अन्तिम दिन मूल्यमा हेरफेर हुन सक्ने आयोजकले बताएको छ ।

यस्तो छ कार्यक्रमको विवरणः

 


तपाईंको प्रतिक्रिया