‘एभेन्जरः इन्फिनिटी वार’ मा एउटा भिलेनका लागि ४० सुपरहिरो − Kalakarita
‘एभेन्जरः इन्फिनिटी वार’ मा एउटा भिलेनका लागि ४० सुपरहिरो

सोमबार, वैशाख १०, २०७५, ०३ : ४१कलाकारिता

काठमाडौं, १० वैशाख – मार्भल स्टुडियोको सबैभन्दा धमाकेदार फिल्म भनिएको ‘एभेन्जरः इन्फिनिटी वार’ २७ अप्रैलमा रिलिज हुँदैछ । यो फिल्मको निर्देशन एंथनी र जो रुसोले निर्देशन गरेका हुन् ।

यस फिल्ममा करीब ४० सुपरहिरो छन् । फिल्ममा क्रिस इन्वास, स्कार्लेट जोहानसन, च्याडविक बोसम्यान, मह ल्यालेन्ड र मार्क रफेलो सहित कैयन् कलाकार छन् ।

फिलममा यसपटक एउटा भिलेन हुनेछन् । सबै सुपरहिरो मिलेर एउटा भिलेनसँग लड्दैछन् ।

थनोस एक विकृतिका साथ आएका हुन्छन् । उसको शरीर चाहिनेभन्दा ठूलो भएको हुन्छ । थनोसको फिलममा इन्फिनिटी स्टोन प्राप्त गर्ने उद्देश्य सहित फिल्ममा देखिन सक्नेछ । यसो गर्दा उनलाई कसैले हराउन सक्दैन ।

रिलिज भएको यसको ट्रेलरमा थोर, द हल्क, क्याप्टेन अमेरिका, आइरन म्यान, ब्ल्याक विडो, स्पाइडरम्यान लगायतका सुपरहिरो छन् ।
यस फिल्मको कहानीका अनुसार पूरै मार्भल सिनेम्याटिक युनिभर्सका कैयन् चिजलाई जोड्न सक्छ त्यो हो इन्फिनिटी स्टोन । त्यही स्टोनको वरिपरि फिल्मको पूरै कथा छ ।

यस फिल्ममा एभेन्जर र सुपरभिलेनका बीच इन्फिनिटी स्टोनको खोजमा हुन्छन् र सुपरहिरोहरु मिलेर इन्फिनिटी स्टोनको खोजीमा रहन्छन् । ट्रेलर हेर्दा सुपरहिरोलाई एउटा भिलेनलाई जित्न पनि ठूलो सकस पर्छ ।


तपाईंको प्रतिक्रिया