शनिबार, असार ९, २०७५, ११ : ४१कलाकारिता
काठमाडौं, ९ असार – नेपाल आइडलको पहिलो सिजनमा सहभागिता जनाएर चर्चामा आएकी गायिका सन्ध्या जोशीको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा उनी आफै फिचरिङमा पनि छिन् ।
‘मिर्मिरे’ बोलको गीतमा प्रेमका शब्दहरु सुन्न सकिन्छ । गीतमा सन्ध्या जोशीले स्वर दिएकी छिन् भने प्रसन्न घिमिरेका शब्द छन् । त्यस्तै मनोज थापा मगरको संगीत सुन्न सकिन्छ ।
भिडियोमा सन्ध्यालाई सुदित श्रेष्ठले साथ दिएका छन् । उज्जवल जोशी र छायांकन र सम्पादन गरेको यो गीतलाई सुदित श्रेष्ठले नै निर्देशन गरेका हुन् ।
तपाईंको प्रतिक्रिया