काठमाडौं, १० साउन – आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेको फिल्म ‘कायरा’ को गीत सार्वजनिक गरिएको छ । चलचित्र निर्माण टिमले युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।
‘यो त माया हो’ बोलको गीतमा गायक सुगम पोखरेल र श्रेया सोताङले स्वर दिएका छन् । त्यस्तै गीतका शब्दलाई नरेश भट्टराईले लेखेका हुन् भने कल्याण सिंहले संगीत दिएका छन् ।
गीतको भिडियोमा आर्यन र साम्राज्ञीलाई अभिनय गराइएको छ ।
लक्ष्मण रिजालले निर्माण तथा निर्देशन गरेको यो फिल्म यही साउन १८ गतेबाट रिलिज हुँदैछ भने चलचित्रमा आर्यन र साम्राज्ञीका अतिरिक्त शिशिर राणा, मरिशा श्रेष्ठ, हितेष शर्मा लगायतका कलाकारले अभिनय गरेका छन् ।
तपाईंको प्रतिक्रिया