कमल पौडेलको गजल − Kalakarita
कमल पौडेलको गजल

शनिबार, फागुन २६, २०७४, ०५ : ४२कलाकारिता
कमल पौडेल (आवेश)

आकाशमा बादलको घर बनाउँछ
यो मनले अचम्मको रहर बनाउँछ

तिमी अझै त्यही ईश्वर पुजिरहेछौ
जस्ले बुद्ध मारेर हिटलर बनाउँछ

बालाई हत्या गरेको खबर सुनेपछि
छोराले बन्दुक बोकेर सफर बनाउँछ

जब तिमी श्रृंगारमा सुन्दर देखिन्छेऊ
कमलले पनि गुलाबको नजर बनाउँछ


तपाईंको प्रतिक्रिया