काठमाण्डौ- नेपाली हरर चलचित्र कठपुतलीको फर्ष्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । रिलीज मिति तय नभएता पनि चलचित्रको थिममा आधारित रहि तयार पारिएको पोस्टर रिलीज गरिएको हो ।कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कठपुतलीको कथा पूर्ण काल्पनिक रहेको बताईएको छ ।
देशका प्रजा परिश्रमी तर शासक भने ऐश, आराम र मोजमस्तीको जीवन बिताउने क्रममा दिनदहाडै निर्दोष चेलिको बलात्कार र हत्या हुने घटनाबाट आजित महिलाहरुले मृत्युपरान्त लिने बदलाको कथा नै कठपुतली रहेको चलचित्रकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्लले बताईन् । उनका अनुसार यो चलचित्र हरर भएता पनि पूर्णतया मौलिक रहेको छ ।
हामीले हेर्दै आईरहेका अन्य हरर नेपाली चलचित्रभन्दा यो चलचित्र भिन्न रहेको कारण आफुले यो चलचित्र बनाएको निर्माता पृथ्वी राना मगरले बताए । यसअघि दुई चलचित्रहरु ुपरेनी माया जालैमाु र ुहंगामाु निर्माण तथा निर्देशन गरेका राना मगरले अलग बिषयमा व्यावसायिक चलचित्र बनाउने सोच अनुसार ुकठपुतलीु बनाएको बताए ।
यो चलचित्रलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । लामाले यसअघि अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड जित्न सफल विभिन्न लघु चलचित्रहरुबाट अनुभव लिएपश्चात ुकठपुतलीुबाट फिचर चलचित्रमा डेब्यू गरेका हुन् । ुयो चलचित्र हेर्दा नेपाली दर्शकले एकदमै नयाँ अनुभव गर्नेछन्ु, निर्देशक लामा भन्छन्, ुहरर चलचित्र मेरो रोजाईको बिषय हो, मेरो लागि यो चलचित्र एउटा ड्रिम प्रोजेक्ट होु ।
कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका अन्य कलाकारहरुको प्रमूख अभिनय रहेको छ ।
प्राविधिक रुपमा अब्बल बनाईएको बताईएको यो चलचित्रलाई हलीउडका डिओपी ुएसिएसु डिग्री प्राप्त जोएल फ्रुम ९व्यभ िँचययmभ० हुन् । चलचित्रको पोस्ट प्रोडक्शनको सबै काम लण्डनमा भईरहेको छ ।
पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको चलचित्रका निर्मातामा पृथ्बी राना मगर र ईश्वर राई हुन् । सह(निर्माताहरु माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । यो चलचित्र यसै बर्ष रिलीज हुने निर्माण पक्षले जनाएको छ ।
तपाईंको प्रतिक्रिया