काठमाडौं, १८ फागुन – भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हल्ला भ्रम मात्रै भएको ओडिसी इन्टरटेनमेन्टले जनाएको छ । केही समाचार माध्यममा सलमान खानले नेपाल आउने कार्यक्रम स्थगित गरेको भन्दै समाचार लेखिरहेका बेला ओडिसी इन्टरनेटमेन्टले यस्तो बताएको हो ।
बेलाबेलामा विवाद हुँदै आएको सलमान खानको दबङ टुर अब ८ दिनपछि नेपाल आउने छ । बीचमा केही समय विवाद समेत भएको यो शोको विप्लप समूहको माओवादीले चेतावनी दिएको थियो ।
टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने भनिएको थियो भने कार्यक्रमको अन्तिम तयारी भइरहेको थियो ।
‘दबंग द टुर’ का लागि सलमान खानले नेपाल आउन सन्देश पठाएको भनिएको छ । यता आयोजक ओडिसी इन्टरटेनमेन्टले भने सलमान खानले हालसम्म कुनै सन्देश नपठाएको दाबी गरेको छ ।
यद्यपि आधिकारिक रुपमा ओडिसीको तर्फबाट कुनै सूचना बाहिर आएको छैन । छिटटै नै यसबारेमा जानकारी दिने स्रोतले बतायो । सलमान खानले पनि यसबारेमा कतै केही लेखेका छैनन् ।
तपाईंको प्रतिक्रिया