कल्पना गैरेको गजल − Kalakarita
कल्पना गैरेको गजल

आइतबार, कार्तिक १८, २०७५, ०८ : ४२कलाकारिता
  • कल्पना गैरे

अाशमा भन्दा प्रयासमा, बाँच्न पाए पाे
अाफ्नै गित र सुरतालमा, नाच्न पाए पाे

हिजाे सबै देखी अाएँ, भाेलि देख्या छैन
भाेलीलाई धेरै थाेरै खुशी, साँच्न पाए पाे

हाँसाे पछि राेदन भन्छन्, हाँस्न डर लाग्छ
विना डर त्रास खित्किएर, हाँस्न पाए पाे

कताकता शंका लाग्छ ,मायामा नि अचेल
निःसङ्काेच भई जरै देखि, मास्न पाए पाे

मेटिन्छन् कि कागजमा, फुटेबरु जाेड्ने थिए
ती अतीतलाई शिलालेखमा , टाँस्न पाए पाे


तपाईंको प्रतिक्रिया