काठमाडौं, १५ असार – कोरियोग्राफी हुँदै फिल्म निर्देशनमा आएकी रेनाशा बान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को टिजर सार्वजनिक भएको छ ।
लभ स्टोरी जानरामा निर्माण भएको उक्त सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर मुख्य भूमिकामा छन् । झण्डै १ मिनेट २० सेकेन्ड लामो टिजरमा धिरज र साम्राज्ञीलाई लण्डनका विभिन्न लोकसेनमा देखाइएको छ ।
सरुक ताम्राकार, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर, रुवि राणा, दिल भुषण पाठक, मेलिषा गुरुङ लगायतका कलाकारले पनि अभिनय गरेको यो फिल्मको कथा रेनाशा बान्तवा राई र प्रज्वल रानाले लेखेका हुन् । त्यस्तै कथालाई पटकथामा अभिमन्यु दिक्षित र रेनाशा बान्तवा राईले ढालेका हुन् ।
प्रभु राना र प्रज्वल रानाको लगानी रहेको फिल्म असोज ५ गतेदेखि रिलिज हुँदैछ ।
तपाईंको प्रतिक्रिया