गायक पौडेलको ‘धेरै पछि’ सार्वजनिक − Kalakarita
गायक पौडेलको ‘धेरै पछि’ सार्वजनिक

सोमबार, चैत्र ५, २०७४, ०९ : ४२कलाकारिता

काठमाडौं, ५ चैत – गायक सुरज पौडेलको मन को खुशी एल्बममा समावेश धेरै पछि बोलको गीत को म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

भिडियोमा पुष्पराज र रेश्मा लामाको अभिनय छ । काठमाडौंको विभिन्न स्थलमा छायांकन गरिएको गीतको निर्देशन सरोज श्रेष्ठले गरेका हुन् । निर्देशक श्रेष्ठले हालसम्म चार दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । गीतमा चिरञ्जीवी भण्डारीको संगीत, शंकरदेव कंडेलको शब्द छ ।

पौडेलले यसै एल्बमको तीन वटा गीत सार्वजनिक गरिसकेका छन् ।

 


तपाईंको प्रतिक्रिया