काठमाडौं, ३ वैशाख – काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका सबै सिंगल थिएटरका हलहरुमा बक्स अफिस लागू (इ–टिकेटिङ) को औपचारिक शुरुवात गरिएको छ । काठमाडौं तथा काठमाडौं बाहिरका मल्टिप्लेक्स हलमा सञ्चालित हलमा पनि बक्स अफिसमा जोडिने तयारी भएको छ । जुन हलहरुमा आफ्नै अनुसारको सिस्टम पहिले नै जडान गरिएको थियो ।
वैशाखको पहिलो सातादेखि काठमाडौंमा बक्स अफिस लागू गर्ने चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको पूर्व घोषित कार्यक्रम अन्तर्गत योजना अगाडि बढेको बताइएको छ । वैशाख १० गतेदेखि औपचारिक रुपमा काम शुरु हुने गरी तयारी भइरहेको र मल्टिप्लेक्स हलमा पनि सिस्टम अपडेट भइरहेको बोर्डकी अध्यक्ष निकिता पौडेलले बताइन् ।
यसै योजना अनुसार चावहिलको गोपीकृष्ण सिनेमा हलमा बक्स अफिसको पहिलो परीक्षण गरियो । गोपीकृष्णसँगै कोटेश्वरको पुष्पाञ्जली, हल, बौद्धको सिद्धार्थ र पृथ्वी हल साथै कलंकी पनिेमा हलमा पनि बक्स अफिस प्रविधि जडानको क्रममा छ ।
केही दिनमै गोपीकृष्ण हलमा फिल्म हेर्न आउने दर्शकले इ टिकेटिङमार्फत टिकट काट्ने पौडेलले बताइन् । साथै उनले निर्माताको आग्रहमा नयाँ आर्थिक वर्षदेखि नेपालका सबै हलमा बक्स अफिस लागू हुने जानकारी दिइन् ।
आर्थिक अवस्था कमजोर भएका थिएटर हललाई भने बोर्डले नै जडानमा सहयोग गर्ने योजना रहेको उनले बताइन् । बक्स अफिस प्रणाली प्रभावकारी नभएको भन्दै केही हलवालाले विरोध गर्दै आइरहेका छन् ।
तपाईंको प्रतिक्रिया