काठमाडौं, ३१ असार – अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले शनिवार इंगेजमेन्ट गरेका छन् । यी दुईको इंगेजमेन्टसँगै फिल्मवृत्त र फ्यानहरुबीच बिहे कहिले होला भन्ने कुतूहलता जागेको छ ।
यी दुई लामो समयदेखि प्रेमसम्बन्धमा थिए । आयंकासमेत भनिने यो जोडीका बारेमा विभिन्न गसिप पनि बन्ने गरेका थिए । केही फ्यानले यी दुईको बिहे हुने सम्भावना न्यून भएको अड्कल काट्ने गरेका थिए ।
यी दुईले शनिवार पारिवारिक माहोलमा इंगेजमेन्ट गरेपछि फ्यानहरुलाई बिहे कहिले होला भन्ने कौतुहलता जागेको छ ।
नायिका प्रियंका कार्कीले बताएअनुसार प्रियंका र आयुष्मानले अब एक वर्षपछि बिहे गर्ने भएका छन् ।
साथै प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा समेत पोस्टर शेयर गर्दै आफूले थर परिवर्तन गर्न लागेको समेत बताएका छन् । यो खबरसँगै प्रियंका र आयुष्मानका फ्यानले दुवैलाई बधाई दिँदै खुशी व्यक्त गरेका छन् ।
यतिबेला प्रियंका कार्की ‘छक्का पञ्जा ३’, ‘कथा काठमाडौं’, ‘बुगी उगी’ लगायतमा व्यस्त छिन् भने आयुष्मान जोशीले भर्खरै चंगाचेटको शूटिङ सकाएर बसेका छन् । फिल्म ‘चंगाचेट’ मा प्रियंका कार्की पनि छिन् ।
तपाईंको प्रतिक्रिया