सबै भाषाको समान संरक्षण गर्नुपर्छ − Kalakarita
सबै भाषाको समान संरक्षण गर्नुपर्छ

शनिबार, जेठ १९, २०७५, ०८ : ४३कलाकारिता

काठमाडौँ, १९ जेठ – राज्यले सबै भाषा, धर्म र संस्कृतिको समान रुपमा संरक्षण र प्रवर्धन गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा गोरखापत्र दैनिकको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठ संयोजक समितिद्वारा यहाँ आज आयोजित “गोरखापत्र पृष्ठः हिजो, आज र भोलि” विषयक अन्तक्र्रियामा सरोकारवालाहरूले संविधानमा व्यवस्था गरिएको बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक लगायतका विषयलाई कार्यान्वयन गर्नुपर्ने माग गरे ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले संविधानमै व्यवस्था भएको बहुभाषिकतालाई व्यवहारिकरुपमै कार्यान्वयन गर्न सम्वन्धित समुदाय नै अग्रसर हुनुपर्छ भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठले सम्बन्धित निकायको सल्लाह र सुझावको आधारमा सरकारले नयाँ सञ्चार ऐन ल्याउने तयारी गरिरहेको बताए ।

गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले गोरखापत्र संस्थानभित्रको ‘नयाँ नेपाल’ बहुभाषिक पृष्ठमा काम गर्नेहरूका लागि समयअनुसार पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रा डा. दानराज रेग्मी, भाषाविदहरू अमितमान तामाङ र अमृत योञ्जन तामाङले कार्यपत्र प्रस्तुत गरेका थिए ।


तपाईंको प्रतिक्रिया