५५ वर्षको उमेरमा यति डरलाग्दा स्टन्ट दिन्छन् यी अभिनेता − Kalakarita
५५ वर्षको उमेरमा यति डरलाग्दा स्टन्ट दिन्छन् यी अभिनेता

शनिबार, माघ २७, २०७४, १० : ४३कलाकारिता

काठमाडौं – यही हप्ता हलिउड अभिनेता टम क्रुजको चलचित्र ‘मिसन इम्पोसिबल’ को ट्रेलर भर्खरै सार्वृजनिक भएको छ । हलिउडममा यी अभिनेता रियल स्टन्ट दिने सूचीमा पर्छन् । मिसन इम्पोसिबलको छैठौं भाग ‘मिस इम्पोसिबल फल आउट’ को ट्रेलरमा टम क्रुजलाई डरलाग्दा एक्सनसहित देख्न सकिन्छ ।

फिल्मको ट्रेलर र एक्सन सिन देख्दा लाग्दैन कि, यी अभिनेता ५५ वर्षका पुगिसके ।

निर्देशक क्रिस्टोफर मक्कुअर्रिएको यो फिल्म यही वर्षको जुलाईमा रिलिज हुँदैछ । फिल्ममा फेरि एकपटक कार बाइकसहित खतरनाक एक्सनमा देखिएका छन् । यसभन्दा अघिका उनको यो फिल्मको सिरिज पनि यस्तै छ । ठूल्ठूला बिल्डिङ र पहाडमा उनले गरेका एक्सन डरलाग्दा छन् । त्यति मात्र होइन, हेलिकप्टरमा पनि उनले जोखिम मोलेर साँच्चै डरलाग्दा स्टन्ट दिएका छन् ।

यसभन्दा अघिका फिल्ममा पनि टम क्रुज कुनै न कुनै मिसनमा गएका हुन्छन् । सबैमा जस्तै यस भागमा पनि मिसन छ । तर यस भागमा अझै घुमाउरो मिसन छ । फिल्ममा पहिलेका सिरिजमा उनलाई मिसनमा सघाउने लगभग सबैजसो कलाकार दोहोरिएका छन् ।

केही दिन पहिले फिल्मको एक दृश्य इन्स्टाग्राममा शेयर गर्दै टम क्रुजले लेखेका थिए, ‘अझै रोमान्चक मिसनका लागि तयार हुनुस् ।’


तपाईंको प्रतिक्रिया